जाजरकोटको महामारी नियन्त्रणमा आयो

२० वैशाख, जाजरकोट । भूकम्प आउनुभन्दा अघिल्लो दिनसम्म जाजरकोटमा फैलिएको स्वाइन फ्लुको महामारीबारे देशव्यापी चर्चा भइरहेको थियो । तर, देशमा महाविपत्ति आएपछि जाजरकोट छायाँमा परेको छ ।

यसैवीच एक महिनादेखि जाजरकोटमा फैलिएको रुघाखोकी, ज्वरो र स्वाइन फ्लुको महामारी नियन्त्रणमा आएको स्वास्थ्यकर्मीले दाबी गरेका छन् । चैतको दोस्रो सतादेखि फैलिएको महामारीको प्रकोप बैशाख दोस्रो सातादेखि नियन्त्रणमा आएको जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले जनाएको हो ।

समयमै सरकारले चासो नदेखाउँदा महामारी नियन्त्रणमा ढिलाइ भएको थियो । महामारीबाट २९ जनाको ज्यान गएको छ । उनीहरु सबैको उपचारको अभावमा मृत्यु भएको हो । स्वास्थ्य कार्यालयले भने महामारीबाट २७ जनाको मात्रै ज्यान गएको दाबी गरेको छ ।

स्वास्थ्यकर्मीको सम्पर्कमा आएर उपचार पाएका कसैको पनि ज्यान नगएको निमित्त जिल्ला स्वास्थ्य प्रमुख धीरजंग शाहले जानकारी दिए ।

महामारी नियन्त्रणका लागि जिल्लाका १५ गाविसमा ३० वटा स्वास्थ्य शिबिर सञ्चालन गरिएको थिए । शिविरबाट १२ हजार ६ सय ३७ जनाको उपचार गरिएको थियो ।

उपचार गराएका मध्ये एक हजार ४ सय ३७ जनामा स्वाईन फ्लु देखिएको उपचारमा संलग्न डा. बम बिसीले बताए ।

महामारी नियन्त्रण गर्न सरकारले ३ दर्जन चिकित्सकसहित ३ सय ५५ जना स्वास्थ्यकर्मी र ३ सय ३० जना स्वयमसेवकहरु जिल्लामा परिचालन गरेको थियो ।

गाउँमा त्रास कायमै

सरकारले महामारी नियन्त्रणमा आएको दाबी गरेता पनि स्थानीय स्तरमा भने स्वाइन फ्लुको त्रास हटेको छैन । यो सामान्य मौसमी फ्लु भएको भन्ने जनचेतना फैलाउन नसक्दा त्रास कम नभएको हो । महामारी प्रकोप पुनः फर्कन नदिन जिल्लाभर स्वास्थ्यकर्मी हाइ अलर्टमा राखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ

स्रोत:अनलाइनखबर

 

२० वैशाख, जाजरकोट । भूकम्प आउनुभन्दा अघिल्लो दिनसम्म जाजरकोटमा फैलिएको स्वाइन फ्लुको महामारीबारे देशव्यापी चर्चा भइरहेको थियो । तर, देशमा महाविपत्ति आएपछि जाजरकोट छायाँमा परेको छ । - See more at: http://www.onlinekhabar.com/2015/05/272733/#sthash.xGc8kS1U.dpuf