भूकम्पले ताप्लेजुङ कारागार भत्कियो, सुरक्षामा चुनौती

२० वैशाख, ताप्लेजुङ । भूकम्पले चर्किएको ताप्लेजुङ कारागार भत्किएपछि कैदी सुरक्षामा चुनौती थपिएको छ । यसअघि पनि पटक-पटक भत्किएको पर्खाल टालटुल गरी मर्मत गरिएको थियो । - जिर्ण कारागारको दक्षिण पट्टीको चौडाइ भागको २५ मिटर पर्खाल तलैबाट भत्किएको कारागार प्रमुख मेघराज भारतीले जानकारी दिए ।

२५ जना क्षमता भएको कारागारमा अहिले १०७ जना कैदीरबन्दी छन् ।

‘भूकम्पले पर्खाल भत्किएपछि कैदीहरु भाग्न सक्ने र उनीहरुलाई कसरी सुरक्षा दिने भन्ने चुनौती थपिएको छ,’ डिएसपि शान्तिराज कोईरालाले भने । कारागारको अन्य भाग पनि चर्किएकाले अझै भत्कने खतरा रहेको उनले जानकारी दिए ।

विक्रम संवत् १९५२ मा सो कारागार निर्माण गरिएको थियो । कारागारको पूर्व र पश्चिमतिरका केहि भाग यसअघि पनि भत्कीएको थियो । तर राम्रोसँग पुनर्निर्माण गरिएको थिएन ।

कारागारको अवस्थाबारे विभागमा पटक-पटक जानकारी गराए पनि सुनुवाइ नभएको जेलर भारतीले गुनासो गरे ।

पर्याप्त प्रहरी नहुँदा कैदी सुरक्षामा समस्या भएको छ भने बारम्बार पर्खाल भत्किँदा कैदी पनि त्रसित भएका छन् ।
रविन भट्टराईबाट

स्रोत:अनलाइनखबर

See more at: http://www.onlinekhabar.com/2015/05/272734/#sthash.Oe4ft6F2.dpuf